२२ जेठ २०८३, शुक्रबार

यी सवारी साधनलाई भोलि चाहिन्न पास

बैशाख २९, २०७९
यी सवारी साधनलाई भोलि चाहिन्न पास
तस्वीर सौजन्य : रासस

निर्वाचन आयोगले एम्बुलेन्स, खानेपानी ट्यांकर,  दमकल, शव वाहन, दुरसंचार, दुग्ध संस्थान, अस्पताल, चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहरमैला संकलन गर्ने सवारी साधन, कुटनीतिक निकाय सहितका लागि सवारी पास आवश्यक नपर्ने जनाएको छ।

आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले  यी निकायहरूका लागि पास आवश्यक नपर्ने जानकारी दिएका हुन् ।

त्यसैगरी नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएको संचारकर्मीलाई चुनावको दिन सवारी पास आवश्यक नपर्ने उनले बताए। 

प्रेस पास नभएका संचारकर्मीको हकमा सबन्धित संचार गृहको अनुरोधमा प्रमुख जिल्ला अधिकारीले सवारी पास जारी गर्न सक्ने समेत प्रवक्ता अर्यालको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्