![मतदानको दिन झरीको चिन्ता : मतपेटिका जोगाउन ‘वाटर प्रूफ’ टेन्ट, हात पुछ्न टाबेल [भिडियो रिपोर्ट]](https://lktcdn2.prixacdn.net/media/279677069_529416652082811_2033282728049595070_n_ir5VX7J3Wx.jpg)
स्थानीय तह निर्वाचन वैशाख ३० गते भोलि शुक्रवार देशभर हुँदैछ । काठमाडौंमा पनि स्थानीय तह निर्वाचनका लागि तयारीका कामहरू धमाधम भइरहेका छन् ।
काठमाडौंको जमलस्थित दरबार हाई स्कूल मतदान केन्द्र ‘ख’का मतदान अधिकृत ललिता सिलवालले आवश्यक तयारी पूरा भएको बताइन् ।
उनले मौसम पूर्वानुमानले भने अनुसार झरी परिहालेको अवस्थामा पनि झरीले भिजेका मतदाताको हात पुछ्न कपडाको समेत व्यवस्था मिलाइने अधिकृत सिलवालले जानकारी गराइन् ।





वृद्धवृद्धा र असक्तका लागि लाइनमा बसिरहनु नपर्ने र बेञ्चमा बस्ने व्यवस्था मिलाउने उनले बताइन् । ‘मतदान स्थलमा स्यानिटाइजर, हात पुछ्ने कपडा, अशक्तलाई लाइन नबसी भोट हाल्ने व्यवस्था मिलाएका छौं,’ उनले भनिन् ।
ललितपुरको पाटनस्थित लोककृति महाविहार मतदान केन्द्र ‘क’का मतदान अधिकृत अनन्तमान सिंह प्रधानले वाटर प्रूफ टेन्टको व्यवस्था गरिएको जानकारी दिए । ‘मौसम विभागले पहिला नै झरी हुनसक्ने पूर्वानुमान गरेकाले वाटर प्रूफ टेन्टको व्यवस्था गरिएको हो,’ अधिकृत प्रधानले भने ।
मतदानस्थलमा मोबाइलले फोटो खिच्न नपाइने, हातहतियार समेत लैजान नपाइने जानकारी उनले दिए ।