०५ साउन २०८३, मंगलबार

जेठ २ गतेसम्म अदालत बन्द रहने

बैशाख २९, २०७९
जेठ २ गतेसम्म अदालत बन्द रहने

स्थानीय तह निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ ।

सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीवार जारी गरेको सूचनामा वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार ४ दिन अदालत बन्द रहने उल्लेख छ । 

अदालतले न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम आगामी जेठ २ गते सोमवारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने प्रयोजनार्थ बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्