
काठमाडौं, ३१ असार–गृह मन्त्रालयले नेपाल प्रहरीका ११ डीआईजीलाई एआईजीमा बढुवा सिफारिश गरेको छ ।
बढुवासमितको शुक्रबार बसेको बैठकले डीआईजी जयबहादुर चन्दसहित ११ जनालाई एआईजीमा बढुवा गरेको हो ।
बढुवामा भावी आईजीपीको मुख्य दावेदार बमबहादुर भण्डारी पहिलो नम्बरमा छन् भने जयबहादुर चन्द दोस्रो नम्बरमा छन् । तर, नवराज सिलवाल भने एआईजी बढुवाको सूचीमा छैनन् ।
