०६ असार २०८३, शनिबार

प्रमुख निर्वाचन आयुक्तलगायतले कुन समयमा कहाँ पुगेर हाल्नेछन् भोट ?

बैशाख २९, २०७९
प्रमुख निर्वाचन आयुक्तलगायतले कुन समयमा कहाँ पुगेर हाल्नेछन् भोट ?

 स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगका पदाधिकारीहरुले मत हाल्ने केन्द्र र समय तय सार्वजनिक गरिएको छ । आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मध्यपुर ठिमी–१ स्थित लोकन्थली उपस्वास्थ्य चौकीमा शुक्रबार बिहान ६ बजेर ५५  मिनेटमा मतदान गर्ने कार्यक्रम तय गरिएको छ । 

यस्तै आयुक्त ईश्वरी प्रसाद पौड्यालले सोही समय टिका विद्याश्रम मावि ललितपुरमा तथा रामप्रसाद भण्डारीले मलन विद्या मन्दिर स्कुल अनामनगरमा बिहान ८ बजे मतदान गर्नेछन् । यसैगरी बिहान ६ बजेर ५५ मिनेटमै डा जानकी कुमारी तुलाधरले लमजुङको सुन्दर बजार नगरपालिका २ स्थित महेन्द्र मन्दिर माविमा, सगुन शम्शेर जबराले टोखास्थित धापासी निमाविमा र सचिव गोकर्णमणि दवाडीले नागार्जुन नगरपालिकास्थित रिडमोडल कलेज केन्द्रमा मतदान गर्नेछन् । शुक्रबार तय भएको निर्वाचनको सबै तयारी पूरा भएको आयोगले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्