
स्थानीय तह निर्वाचनको विरोधमा मसाल जुलुस निकाल्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ। राजधानीको बागबजार क्षेत्रबाट मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका १६ जना पक्राउ परेका हुन् ।
मसाल जुलुस निकालेर बिरोध जनाउने क्रममा आफ्नो नेता कार्यकर्तालाई पक्राउ गरिएको क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए । पक्राउ पर्नेमा गजुरेल, केन्द्रीय सदस्य वसन्त बोगटीलगायत छन् । वैद्यको पार्टीले चुनावको विरोध गर्दै आएको छ ।