२७ जेठ २०८३, बुधबार

काठमाडौँ महानगरको मत गणना राष्ट्रिय सभा गृहमा हुने

बैशाख २९, २०७९
काठमाडौँ महानगरको मत गणना राष्ट्रिय सभा गृहमा हुने

 काठमाडौँ महानगरको मत गणना राष्ट्रिय सभा गृहमा हुने भएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार काठमाडौँका अन्य पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालयमा गणना हुनेछ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै काठमाडौँका सबै पालिकाका मतगणना स्थलमा जाली लगाइएको छ । यसै गरी मत गणनाका लागि कर्मचारीहरु खटाइएको छ । 

काठमाडौँ महानगरमा मतदान प्रक्रियापछि मतपेटिका राष्ट्रिय सभा गृहमा ल्याइनेछ । सबै मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बस्नेछ । त्यस बैठकले मतगणनाका विषयमा निर्णय गर्नेछ । खतिवडाले भने, ‘हामीले एकपटकमा ५ वटा वडाको गणना गर्ने तयारी गरेका छौँ ।’

राष्ट्रिय सभा गृहको मत गणना परिणामलाई सार्वजनिक गर्न काठमाडौँ महानगरपालिकाले प्रवेशद्वारमा डिजिटल बोर्ड राखेको छ । यसै गरी आमसञ्चारकर्मीको रिपोर्टिङ सहजताका लागि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्