०५ साउन २०८३, मंगलबार

आईपीएल : चेन्नईमाथि मुम्बईको जीत

बैशाख ३०, २०७९
आईपीएल : चेन्नईमाथि मुम्बईको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इण्डियन्सले जीत निकालेको छ ।

बिहीवार राति भएको खेलमा मुम्बईले साविक विजेता चेन्नई सुपर किङसलाई ५ विकेटले हराएको हो ।

चेन्नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले १६ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको थियो ।

जीतसँगै मुम्बईले १२ खेलमा ६ अंक जोडेको छ ।

मुम्बई पुछारमा रहेको छ ।

चेन्नई १२ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्