२८ जेठ २०८३, बिहीबार

तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुने

बैशाख ३०, २०७९
तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुने

विहान सातवजेदेखि सुरुआत हुन लागेको स्थानीय तह निर्वाचनबाट तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ती जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् । 

चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ निर्वाचित हुनेछन् । छ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ निर्वाचित हुनेछन् । त्यस्तै ८५ वडाबाट एक अध्यक्ष र चार सदस्य गरी ४२५ जना निर्वाचित हुनेछन् । जिल्लाका दश पालिकामा एक हजार ६०० भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । 

निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै मतदान कार्यमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गर्नुभयो । निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नागरिकलाई भयरहित वातावरणमा निर्वाचन सहभागी हुने स्थिति बनाउनका लागि प्रशासनले सुरक्षा व्यवस्था चुस्त बनाएको हो । 

    निर्वाचनलाई लक्षित गरी तनहँुमा दुई हजार ७०० सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । 
निर्वाचनका लागि ३६२ नेपाली सेना, एक हजार १८८ म्यादी प्रहरी, ८२० नेपाल प्रहरी र ३२६ सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा समितिले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन प्रकारमा मतदान केन्द्रलाई विभाजन गरेको छ । अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रमा अन्य ठाउँभन्दा बढी सुरक्षा कडाइ गरिनेछ ।


 

salt training

कमेन्ट गर्नुहोस्