२१ जेठ २०८३, बिहीबार

३९० जना निर्विरोध निर्वाचित

बैशाख ३०, २०७९
३९० जना निर्विरोध निर्वाचित

आज हुँदै गरेको स्थानीय निर्वाचनमा मतदानअघि नै ३९० निर्विरोध निर्वाचित भएका छन् । मनोनय दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् । निर्वाचन कार्यक्रम यही वैशाख ११ गतेदेखि सुरु भएको थियो । यही वैशाख ११ र १२ गते मनोनयनको कार्यक्रम सञ्चालन गरिएको थियो ।
 
वैशाख १२ गते उम्मेदवारको सूची प्रकाशन, १३ गते उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ गते मनोनयपत्र जाँच तथा उजुरीउपर जाँचबुझ र निर्णय, १६ गते उम्मेदवारी फिर्ता र १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको थियो ।
 
निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता भएका थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराएका थिए भने १४ वटा दलले एउटा पनि उम्मेदवारी मनोनयन दर्ता नगराएको आयोगले जनाएको छ । यसपटकको निर्वाचनमा हरियो मसीले मतपत्रको छपाइ गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्