१७ असार २०८३, बुधबार

वरिष्ठ नेता पौडेलले गरे मतदान

बैशाख ३०, २०७९
वरिष्ठ नेता पौडेलले गरे मतदान

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । 

मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले  संघीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताए ।

उनले भने,'सङ्घीयता विकासका लागि फलदायी भएको छ ।  स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र संघीयताबाट देशको विकास र उन्नति सम्भव छ ।'

वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राखे।  
 

salt training

कमेन्ट गर्नुहोस्