
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मतदान गरेका छन् ।
विराटनगर महानगरपालिका वडा नम्बर ७ को आदर्श मावि स्थित मतदान केन्द्र (क) मा कोइरालाले मतदान गरेका हुन् ।
मतदान गर्दै नेता कोइरालाले चुनावको परिणाम आएपछि सत्ता गठबन्धनको विषयमा छलफल गर्ने बताए ।
‘कोही हार्दैमा गठबन्धन टुट्ने हो भने कस्तो गठबन्धन गरियो भनेर सोच्नुपर्छ,’ नेता कोइरालाले भने ।
उनले स्थानीय विषयवस्तुमा शीर्ष नेताहरूले बोल्न छाडेको देख्दा दुःख लागेको समेत बताए ।
‘स्थानीय तहको निर्वाचनमा ‘लोकल इस्यु’मा कुरा हुनुपर्दथ्यो,’ नेता कोइरालाले भने,‘नेताहरू सबै गठबन्धन भनेर देश दौडाहामा मात्रै हिँडे ।’




