३० जेठ २०८३, शनिबार

गाउँपालिका र वडामा निर्विरोध भएपछि धनबहादुरले मतदान गर्न पाएनन्

बैशाख ३०, २०७९
गाउँपालिका र वडामा निर्विरोध भएपछि धनबहादुरले मतदान गर्न पाएनन्

गाउँपालिका अध्यक्ष तथा वडाअध्यक्ष सहितका पदाधिकारी निर्विरोध निर्वाचित भएपछि डोल्पाका प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाले यसपटक मतदान गर्न पाएनन् । डोल्पाको काइके गाउँपालिका अध्यक्षमा नेकपा एसका अंङ्गद कुमार राना निर्विरोध निर्वाचित भएका थिए । 

काईके गाउँपालिका वडा नम्बर २ का मतदाता रहेका पूर्व राज्यमन्त्री बुढाको वडाअध्यक्ष पनि निर्विरोध निर्वाचित भएका थिए ।

बुढाको वडामा ओमकार रोकाया निर्विरोध निर्वाचित भएका थिए । 

बुढाको गृहजिल्ला डोल्पामा छार्का ताङ्सोङ गाउँपालिकामा सेनाङ गुरुङ अध्यक्ष निर्वाचित भएका थिए । डोल्पाका अन्य स्थानीय तहमा शुक्रवार बिहान देखि मतदान चलिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्