२२ जेठ २०८३, शुक्रबार

एक घण्टा बयलगाडामा चढेर भोट हाल्न पुगे कैलारीका मतदाता, गाउँमै वृद्धभत्ता बुझ्न पाउने आशा

बैशाख ३०, २०७९
एक घण्टा बयलगाडामा चढेर भोट हाल्न पुगे कैलारीका मतदाता, गाउँमै वृद्धभत्ता बुझ्न पाउने आशा

कैलालीको कैलारी गाउँपालिका-६ सुर्मीकी ९२ वर्षीया ठगनीदेवी थरुनी करीब १ घण्टा बयलगाडा (डल्लप)को सवारीपछि मतदानस्थल पुगिन् । 

गाडी नचल्नु र हिँडेर पनि मतदानस्थल पुग्न नसक्ने भएपछि बयलगाडा चढेर उनी प्रतिनिधि छान्न मतदानस्थल पुगेकी हुन् । तर, उनको अनुहारमा उत्साहभन्दा निराशा बढी झल्किन्थ्यो ।

बयलगाडाबाट झरेपछि लौरो टेक्दै ढाड सोझो पार्दै उनले भनिन्, ‘बुह्राइल मनैन्हे दुःख किल डेठै । भत्ता बुझे बजारेम् रहल बैंक पुगे परठ । उहाँ फेन दिनभर लाइन लागे परठ । तबेमारे भोट सोट डर्ना मन नैरहे ।’ (वृद्धहरूलाई दुःख मात्रै दिन्छन् । भत्ता बुझ्न शहरमा खोलिएको बैंक धाउनुपर्छ । त्यहाँ पनि दिनभरि लाइन लाग्नुपर्छ । त्यही भएर भोटसोट हाल्न मनै थिएन ।)

सँगै बयलगाडा चढेर मतदान केन्द्र पुगेका सुर्मीकै ८० वर्षीय कंगानी थारुले थपे, ‘हाम्रहिन मजा सेवा डिही कहिके भोट डारे आइल बाटी ।’ (हामीलाई राम्रो सेवा सुविधा देलान् भनेर भोट दिन आएका छौँ ।)

उनीहरूसँगै बयलगाडा चढेर पुगेका ज्येष्ठ नागरिकहरूको एउटै माग थियो- वृद्धाभत्ता गाउँमै बुझ्न पाउँ । जोसुकै पार्टीका उम्मेदवार जिते पनि आफूहरूको समस्याको समाधान गरुन् भन्ने उनीहरूको माग हो ।

उनीहरू एउटै भनाइ छ, ‘हाम्रो भोट ज्येष्ठ नागरिकका सेवासुविधा वृद्धि गर्नेलाई हो । तर सेवाको नाममा वृद्धभत्ता बुझ्न शहरमा खोलिएको बैंक धाउनुपर्ने बाध्यताको अन्त्य होस् ।’ 

गाउँपालिकाको वडा नं. ६ बेनौलीस्थित अपरम्पार आधारभूत नमूना विद्यालयमा रहेको मतदान केन्द्र  पुग्न बयलगाडामा १ घण्टाको यात्रा गरेका उनीहरू बृद्धभत्ता बुझ्न भने घण्टौँको यात्रापछि पुगिने हसुलिया बजारस्थित खोलिएका बैंक पुग्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्