×

NMB BANK
NIC ASIA

एक घण्टा बयलगाडामा चढेर भोट हाल्न पुगे कैलारीका मतदाता, गाउँमै वृद्धभत्ता बुझ्न पाउने आशा

बैशाख ३०, २०७९

NTC
Premier Steels

कैलालीको कैलारी गाउँपालिका-६ सुर्मीकी ९२ वर्षीया ठगनीदेवी थरुनी करीब १ घण्टा बयलगाडा (डल्लप)को सवारीपछि मतदानस्थल पुगिन् । 

Muktinath Bank

गाडी नचल्नु र हिँडेर पनि मतदानस्थल पुग्न नसक्ने भएपछि बयलगाडा चढेर उनी प्रतिनिधि छान्न मतदानस्थल पुगेकी हुन् । तर, उनको अनुहारमा उत्साहभन्दा निराशा बढी झल्किन्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बयलगाडाबाट झरेपछि लौरो टेक्दै ढाड सोझो पार्दै उनले भनिन्, ‘बुह्राइल मनैन्हे दुःख किल डेठै । भत्ता बुझे बजारेम् रहल बैंक पुगे परठ । उहाँ फेन दिनभर लाइन लागे परठ । तबेमारे भोट सोट डर्ना मन नैरहे ।’ (वृद्धहरूलाई दुःख मात्रै दिन्छन् । भत्ता बुझ्न शहरमा खोलिएको बैंक धाउनुपर्छ । त्यहाँ पनि दिनभरि लाइन लाग्नुपर्छ । त्यही भएर भोटसोट हाल्न मनै थिएन ।)


Advertisment
Nabil box
Kumari

Vianet communication

सँगै बयलगाडा चढेर मतदान केन्द्र पुगेका सुर्मीकै ८० वर्षीय कंगानी थारुले थपे, ‘हाम्रहिन मजा सेवा डिही कहिके भोट डारे आइल बाटी ।’ (हामीलाई राम्रो सेवा सुविधा देलान् भनेर भोट दिन आएका छौँ ।)

उनीहरूसँगै बयलगाडा चढेर पुगेका ज्येष्ठ नागरिकहरूको एउटै माग थियो- वृद्धाभत्ता गाउँमै बुझ्न पाउँ । जोसुकै पार्टीका उम्मेदवार जिते पनि आफूहरूको समस्याको समाधान गरुन् भन्ने उनीहरूको माग हो ।

उनीहरू एउटै भनाइ छ, ‘हाम्रो भोट ज्येष्ठ नागरिकका सेवासुविधा वृद्धि गर्नेलाई हो । तर सेवाको नाममा वृद्धभत्ता बुझ्न शहरमा खोलिएको बैंक धाउनुपर्ने बाध्यताको अन्त्य होस् ।’ 

गाउँपालिकाको वडा नं. ६ बेनौलीस्थित अपरम्पार आधारभूत नमूना विद्यालयमा रहेको मतदान केन्द्र  पुग्न बयलगाडामा १ घण्टाको यात्रा गरेका उनीहरू बृद्धभत्ता बुझ्न भने घण्टौँको यात्रापछि पुगिने हसुलिया बजारस्थित खोलिएका बैंक पुग्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ७, २०७९

प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।  उनै रायमाझीले बुधबार राति सम्...

मंसिर २१, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका ...

मंसिर २४, २०७४

काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले   ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेपाली कांग्...

मंसिर ८, २०७९

रुपन्देही क्षेत्र नम्बर-२ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । १७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । गिरीसँग पराजित भएका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...

बैशाख ३०, २०७९

आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोख...

मंसिर ७, २०७९

राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् ।  उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x