२५ जेठ २०८३, सोमबार

रोल्पाको थवाङमा झडप, २ जना हराए

बैशाख ३०, २०७९
रोल्पाको थवाङमा झडप, २ जना हराए
थवाङ ।

रोल्पाको थवाङमा बिहीवार राति भएको झडपपछि सम्पर्कविहीन भएका दुई जना सम्पर्कमा आएका छैनन् ।

थवाङ गाउँपालिका-४ उवा टिकरीबाङमा झडपमा परी थवाङ गाउँपालिका-४, तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँका २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरेले जनाएका दिए । 

माओवादी केन्द्र र एमाले-कांग्रेस गठबन्धनका कार्यकर्ताहरूबीच झडप भएपछि यी दुई जना सम्पर्कविहीन भएका थिए । 

घटनापछि थवाङ-४ तेलखोलाका साज्जन घर्ती र सोही ठाउँका बुद्धि रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू माओवादी कार्यकर्ता हुन् ।

salt training

कमेन्ट गर्नुहोस्