
सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध सुनसरीमा स्थानीयले नाराबाजी गरेका छन् ।
सुनसरीको बराह क्षेत्र नगरपालिका ६ चक्रघट्टीमा मतदान केन्द्रअगाडि स्थानीयले नाराबाजी गरेका हुन् ।
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा भूमिका खेलेको भन्दै स्थानीयले उनीविरुद्ध नाराबाजी गरेका हुन् ।
‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै उनीहरूले नाराबाजी गरेका थिए । कार्की सुनसरीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
स्थानीयले आफूविरुद्ध नाराबाजी गरिरहँदा उनले हात उठाएर अभिवादन गरेको थिए । कार्कीलाई सेना र प्रहरीका जवानले सुरक्षा दिएका थिए ।