२२ जेठ २०८३, शुक्रबार

आजै साँझबाट मतगणना शुरू हुने

बैशाख ३०, २०७९
आजै साँझबाट मतगणना शुरू हुने

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना शुरू हुने भएको छ ।

आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरिने छ । 

सर्वदलीय छलफललगत्तै आजै मत गणना कार्य शुरू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्