२१ जेठ २०८३, बिहीबार
विराटनगर महानगर

विराटनगरमा नागेशको अग्रता कायमै, गठबन्धनले ४४३ मत ल्याउँदा एमालेलाई ३१५ मत

बैशाख ३१, २०७९
विराटनगरमा नागेशको अग्रता कायमै,  गठबन्धनले ४४३ मत ल्याउँदा एमालेलाई ३१५ मत

विराटनगर महानगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका छन् । 

उनले अहिलेसम्म ४४३ मत पाएका छन् । 

एमालेका मेयरका उम्मेदवार सागर थापाले ३१५ ल्याएर नागेशलाई पच्छ्याइरहेका छन ।

यस्तै, उपमेयरमा एमालेकी शिल्पा निरौला कार्कीले ३६५ मत ल्याएर अग्रता कायम गरेकी छिन भने गठबन्धनका अर्वेन्द्र यादवले २०६ मत प्राप्त गरेका छन ।

विराटनगर महानगरपालिकामा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन गरेका छन् । 

१ लाख ३३ हजार १ सय ४२ कुल मतदाता रहेको विराटनगरमा ८९ हजार ७ सय ८९ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्