०४ साउन २०८३, सोमबार

बुटवलमा कांग्रेसका बागी उम्मेवार वडाध्यक्षमा निर्वाचित

बैशाख ३१, २०७९
बुटवलमा कांग्रेसका बागी उम्मेवार वडाध्यक्षमा निर्वाचित

बुटवल उपमहानगरपालिका वडा नं. १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् ।

नेपाली कांग्रेसका बस्नेतलाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारको रुपमा पुतली चुनाव चिह्न लिएर चुनाव लडेका थिए । 

बस्नेतले नेकपा एमालेका महेन्द्र लिगललाई पराजित गर्दै विजयी भएका हुन् । बस्नेतलाई केही दिन अगाडि मात्र पार्टीले कारवाही गरेको थियो । 

यसको औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए । 

कांग्रेसका आधिकारिक माधव प्रधान तेस्रो भए । 

बुटवल उपमहानगरपालिकामा अहिले कांग्रेसले अग्रता लिएको छ । मेयरमा कांग्रेसका खेलराज पाण्डे अगाडि छन् । राप्रपाका मृगेन्द्र शेरचन दोस्रो र एमालेका बाबुराम भटटराई तेस्रोमा छन् ।

कमेन्ट गर्नुहोस्