
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार १ मतले निर्वाचित भएका छन् ।
जसपाका उम्मेदवार (उदयराज गडेरिया) बाबुराम पालले ९ सय ९२ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार जङ्ग बहादुर यादवले ९९१ मत पाएका छन् ।
एमालेका कृष्ण बहादुर गौतम क्षेत्रीले २ सय १२ मत पाएका छन् भने राप्रपाका उम्मेदवार नाजित दिन मुसलमानले ४४४ मत पाएका छन् ।
माओवादी केन्द्रका सम्भु लोनियाँले १ सय २ मत पाउँदा स्वतन्त्र उम्मेदवार सिमा चौहानले शून्य मत पाएकी छन् ।
१ मतले चुनाव हारेपछि कांग्रेसले पुन मतगणनाका लागि निवेदन दिएको छ ।