
चितवनको माडी नगरपालिकामा एमाले राप्रपा गठबन्धनले कांग्रेस-माओवादी गठबन्धनसँगको अग्रता बढाउँदै लगेको छ ।
हालसम्म एमालेले माओवादी केन्द्रलाई १६३ मतान्तरले पछाडि पारेको छ।
निर्वाचन अधिकृतको कार्यालय माडी नगरपालिकाले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार कुल ३०३६ मतगणना हुँदा नगर प्रमुखमा एमालेको १३८३ र माओवादी केन्द्रको १२२० मत आएको छ ।
त्यस्तै नगर उपप्रमुखमा काँग्रेसको ११३०, राप्रपाको ४६० र स्वतन्त्र उम्मेदवार कृष्ण पौडेल (पुतली चुनाव चिन्ह)को ७३३ मत आएको छ ।
हाल माडी नगरपालिका वडा नं. १ र ९ मा मतगणना जारी रहेको छ । वडाअध्यक्षतर्फ माडी १ मा अमित लामा र माडी ९ मा माओवादी केन्द्रका घनश्याम दवाडीले लगातार अग्रता लिइरहेका छन्।