१८ असार २०८३, बिहीबार

लाङ्टाङको मतपेटिका धुञ्चे पुग्यो, मतगणना शुरू

बैशाख ३१, २०७९
लाङ्टाङको मतपेटिका धुञ्चे पुग्यो, मतगणना शुरू

गोसाइँकुण्ड गाउँपालिकाको मतगणना शुरू भएको छ । भौगोलिक विकटताका कारण पैदल मार्गबाट आज अपराह्न मात्र मतपेटिका धुञ्चे पुर्‍याइएका कारण गोसाइँकुण्ड गाउँपालिकाको मतगणना ढिलो भएको हो । मतगणना साँझ सवा सात बजेदेखि शुरू भएको हो ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा मतगणना कार्य गएरातिदेखि शुरू भएको र तीनवटा वडाको मत परिमाण सार्वजनिक भइसकेको छ । पछिल्लो जानकारीअनुसार रसुवा जिल्लामा पाँच हजारभन्दा बढी मतगणना भइसकेको र गणना कार्य निरन्तर जारी रहेको बताइएको छ ।

पाँच गाउँपालिकाको कूल ३८ हजार ५४५ मतदातामध्ये  ५१ मतदान केन्द्रबाट ३० हजार चारजना मतदाताले मतदान गरेको जनाइएको छ । तीमध्ये महिला १४ हजार ४२८ एवं १५ हजार ५७६ पुरुष मतदातले मतदान गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्