
मोरङको रङ्गेली–७ स्थित जनता क्याम्पसको मतगणना स्थगित भएको छ ।
नेपाली काँग्रेसबाट वडा नं ८ को वडाध्यक्ष पदका उम्मेदवार रहेका योग्य कुमार दोर्जेको विवादपछि मतगणना स्थगित भएको हो ।
वडा ८ को मतगणना शुरू गर्ने तयारी भइरहँदा मतपेटिका पहिलादेखि नै खुल्ला रहेको भन्दै वडाध्यक्ष उम्मेदवार दोर्जेले विवाद शुरू गरेका थिए ।
त्यसपछि उनका समर्थकले होहल्ला गर्न थालेपछि तत्काललाई मतगणना रोकिएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख शान्तिराम कोइरालाले विवाद भएपछि छलफलका लागि मतगणना स्थगित गएिको बताए ।
८ नम्बर वडाको मत गणना नै नगरे पनि उम्मेदवारले बखेडा झिकेको उनले बताए ।