
हेटौडा महानगरपालिकाको जारी मेयर पदको मतगणनामा एमाले र एकीकृत समाजवादी पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ९२३ मत प्राप्त गर्दा गठबन्धनको समर्थनमा उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीना लामाले ९२२ मत पाएकी छन् । उनीहरुको मतान्तर १ मात्रै रहेको छ। यस्तै राप्रपाका दिपक बहादुर सिंह ८३९ मतका साथ पछिपछि छन् ।
उपमेयमा नेकपा एमालेकी सुमित्रा काफ्लेले १०९६ मत पाउँदा गठबन्धनका राजेश वानियाले १३५० मत पाएका छन् ।