
सूर्यविनायक नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
यो नगरपालिकामा कांग्रेसका निशान ढुंगेलले ९१७ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका वासुदेव थापाले ८३३ मत पाएका छन् । दिउँसो एमालेले अग्रता लिएको यो नगरपालिकामा अहिले कांग्रेले अगाडि आएको छ ।
यो नगरपालिकामा मेयरका पदमा उम्मेदवारी दिएकी राप्रपाकी राधिका रानाभाटले ३५९ मत पाएकी छिन भने स्वतन्त्र उम्मेदवार कल्पदीप राइले पनि ५५ मत पाएका छन् ।
यो नगरपालिकाको उपमेयरमा भने एमालेकी सरिता भट्टराईले अग्रता लिएकी छन् । उनलाई पछ्याउँदै राप्रपाका उम्मेदवार प्रविन शर्मा ढुंगेलले ४९५ मत पाएकी छन् ।