१३ असार २०८३, शनिबार

लौरो चुनाव चिन्हको खाता खुल्यो, रोल्पामा वडाध्यक्ष जित्यो

लौरो चुनाव चिन्हको खाता खुल्यो, रोल्पामा वडाध्यक्ष जित्यो

लौरो चुनाव चिन्हले विजयको खाता खोलेको छ ।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई विभिन्न स्थानीय तहमा लौरो चुनाव चिन्ह दिएको छ ।

काठमाडौंको मेयरमा नै बालेन्द्र साहको लौरो चुनाव चिन्हले अग्रता लिएर चर्चा पाइरहेको छ । यही चर्चाकै बीचमा रोल्पाको सुनिल स्मृति गाउँपालिकाको २ नम्बर वडा अध्यक्ष भने लौरो चिन्हले नै जितेको छ । 

उक्त वडामा नेत्रबहादुर गिरीले ५०७ मत ल्याएर वडाध्यक्ष जितेका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार शान्तराम शाहले ४६९ मत मात्रै ल्याएका छन् । 

यो गाउँपालिकामा माओवादीका उम्मेदवार मणिराजम बुढाथोकीले अग्रता लिएका छन् । बुढाथोकीले १५०६ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गन्जबहादुर क्षेत्रीले ९६७ मत ल्याएका छन् 

यो गाउँपालिकाको वडा नम्बर १ नम्वर वडामा पनि माओवादीकै पवन कुमार कवर विजयी भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्