२७ जेठ २०८३, बुधबार

बुटवलमा कांग्रेसका खेलराज एमालेका भट्टराईभन्दा ९०० मतले अगाडि

बुटवलमा कांग्रेसका खेलराज एमालेका भट्टराईभन्दा ९०० मतले अगाडि
खेलराज पाण्डे

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा हालसम्म ४ हजार ८७६ मत गणना भएको छ ।

जसमा नेपाली कांग्रेसका खेलराज पाण्डे अगाडि छन् । उनले २ हजार २१४ मतका साथ अग्रता लिइरहेका छन् ।

नेकपा एमालेका बाबुराम भट्टराई १ हजार ३१२ मतका साथ उनलाई पछ्याइरहेका छन् । पाण्डे र भट्टराईको मतान्तर ९०२ छ । 

हालसम्म १ नम्बर वडाको मतगणना सकिएको छ भने २ र १९ नम्बर वडाको मतगणना भइरहेको छ । 

उपप्रमुख पदमा एमालेकी सावित्रादेवी अर्यालले अग्रता लिएका छन् । उनले १ हजार ४८२ र नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १ हजार २८१ मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्