२८ जेठ २०८३, बिहीबार

धनगढीमा फराकिलो मतान्तरले अगाडि बढे स्वतन्त्र उम्मेदवार, पछ्याउँदै गठबन्धन

धनगढीमा फराकिलो मतान्तरले अगाडि बढे स्वतन्त्र उम्मेदवार, पछ्याउँदै गठबन्धन
फाइल फोटो

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयर पदका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका गोपाल हमाल फराकिलो मतका साथ अग्रस्थान रहेका छन् । हमालले शुरूदेखि नै अग्रता कायम राखेका छन् ।

हालसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार १३६ मत पाएका छन् । 

सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ६९३, नेकपा एमालेका रणबहादुर चन्दले ११७ मत पाएका छन् । 

उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५७४ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३८१ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ नम्बर वडाबाट मतगणना शुरू गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्