
ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।
मतपरिणामअनुसार हालसम्म १ हजार ४०० मतगणना भएको छ ।
कांगे्रसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाएका छन् ।
महालक्ष्मी नगरपालिकामा १ हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ । नगर प्रमुखमा माओवादीका शिव कट्टेलले ३१६ मत र एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत पाएका छन् ।
उपप्रमुखमा एमालेकी वीना सुवेदी केसीले ४२२ मत र कांगे्रसबाट लक्ष्मी महर्जनले ३३८ मत पाएका छन् ।
महालक्ष्मी–१ अध्यक्षमा एमालेका छिरिङ लामाले ३५३, माओवादीका अभिषेक केसीले २२६ र कांग्रेसका मधुसुदन केसीले २१२ मत प्राप्त गरेका जनाइएको छ ।