
रुपन्देहीको सैनामैना नगरपालिकामा संयुक्त गठबन्धनले विजयी शुरूआत गरेको छ ।
नगरको वडा नम्बर १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका भुवन क्षेत्री वडाध्यक्ष पदमा २ हजार ३९१ मतसहित विजयी भएका छन् ।
वडामा क्षेत्रीसहित उनको प्यानल नै विजयी भएको छ । क्षेत्री २२२ मतान्तरले विजयी भएका हुन् ।
क्षेत्रीले २ हजार ३९१ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका केयरसिंह गलामीले २ हजार १६९ मत ल्याए ।
वडा नम्बर १ मा ५ हजार ८० मत खसेको थियो भने ६९ मत बदर भएको छ ।
विजयी हुने महिला सदस्यमा धनमन्त्री थारु, दलित महिला सदस्यमा मञ्जु परियार ‘छाया’, खुला सदस्यमा नरबहादुर सुनार र रमाकान्त शर्मा काफ्ले छन् ।