
कास्कीको पोखरा महानगरमा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् ।
आइतवार बिहानसम्मको प्रारम्भिक मतगणनामा नेकपा एसका धनराज आचार्यले ९ सय २ भोट पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७ सय ३ भोट पाएका छन् । दुईजना बीचको अन्तर १ सय ९९ छ ।
२०७४ सालमा पोखराको मेयरमा फराकिलो मतान्तरसहित एमाले विजयी भएको थियो ।
उपमेयरमा पनि कांग्रेसकी कोपिला रानाभाटले ७ सय १६ मतसहित अग्रता लिएकी छिन् । एमालेकी मञ्जु गुरुङले ५ सय ८३ भोट पाएकी छिन् ।