
धनुषाको शहीदनगर नगरपालिका मेयरमा जनता समाजवादी पार्टी (जसपा)का दिनेशप्रसाद यादव दोब्बर बढी मतले अगाडि छन् ।
दुई हजार ६०५ मत गणना हुँदा उनले एक हजार २१८ मत ल्याएका हुन् । नेकपा एमालेका जयप्रकाश यादवले ५७४ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रबाट निवर्तमान मेयरसमेत रहेका उदयकुमार यादवले ३२० मत ल्याएर तेस्रो स्थानमा छन् ।
नेपाली कांग्रेसका सुधीरकुमार गोइतले २८० मत ल्याएका छन् । लोसपाका वीरेन्द्रकुमार यादवले ८५ मत, जनमत पार्टीका लक्ष्मेश्वर यादवले ८० मत र नेकपा एकीकृत समाजवादीका सुकेशकुमार मण्डलले ४८ मत ल्याएका छन् ।