
धनुषाको विदेहनगर नगरपालिकाको मेयरमा नेकपा एमालेका बेचनदास तत्माले अग्रता कायम राखेका छन् ।
हालसम्म २ हजार ५३० मत गणना हुँदा उनले ८९९ मत ल्याएका छन् ।
नेकपा एकीकृत समाजवादीका राजकिशोर रोहिता यादवले ६८५ मत ल्याएर पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारभन्दा कांग्रेसका बागी उम्मेदवारले भने बढी मत ल्याएका छन् । नेपाली कांग्रेसका बागी भएर उम्मेदवारी दिएका नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक गोविन्दकुमार साहले ३४० मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्रप्रसाद यादवले २३४ मत मात्र ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका दुखी मण्डल र जनमत पार्टीका प्रेमकुमार मण्डल केवटले समान १२० मत ल्याएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका इन्द्र नारायण मण्डल केवटले १०३ मत ल्याएका छन् ।