
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा नेकपा एसका उम्मेदवारले अग्रता लिएका छन् । मेयरका उम्मेदवार शम्भु शाह एक हजार ५५० मतसहित अग्रस्थानमा छन् ।
दोस्रोमा जसपाका अयजकुमार गुप्ता ४१० मतसहित छन् भने नेपाली कांग्रेसका मोहनकुमार यादव ३१७ मतसहित तेस्रो स्थानमा छन् ।
नेकपा एमालेका अनिलकुमार मिश्र १७ भोटसहित चौथो स्थानमा छन् । उपमेयरमा पनि नेकपा एसकी शैलकुमारी शाह ३५७ मतसहित अगाडि छन् ।
माधव नेपालले गौर १ बाट मतदान गरेका थिए ।