०९ असार २०८३, मंगलबार

‘सुपर डान्सर नेपाल’ प्रशारण हुँदै, कसरी आवेदन दिने ?

‘सुपर डान्सर नेपाल’ प्रशारण हुँदै, कसरी आवेदन दिने ?

नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रूचाइएको भारतीय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को फ्रेन्चाइज हुने भएको छ । 

नेपालमा ‘सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शोको उत्पादन, बजारिकण तथा प्रशारण एडी रिलिज कम्पनीले गर्ने भएको छ । 

कम्पनीले बालबालिकाको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै ठूलो भारतीय फ्रेन्चाइज शो नेपालमै नेपाली प्रतिस्पर्धी डान्सरहरु खोजिरहेको जनाएको छ ।

त्यसका लागि प्रतिस्पर्धीहरूले आफ्नो क्षमता प्रारम्भिक अडिसन मार्फत देखाउनुपर्नेछ । 

कम्पनीका अनुसार, नेपालको प्रमुख शहरहरु पोखरा , इटहरी , हेटौंडा , बुटवल , नेपालगञ्ज , काठमाडौं र नेपाल बाहिरका नेपालभाषीहरु समेत प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् ।

यो कार्यक्रमको मञ्चबाट नेपालमै अन्तराष्ट्रिय स्तरका प्रतिभा खोजी डान्सको भविष्य खोजिरहे्काहरुलाई स्थापित गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, प्रारम्भिक छनोटबाट छानिएका प्रतिभालाई छुट्टै प्रशिक्षण दिइनेछ । जसका लागि १२ जाना विशेष प्रशिक्षक सुपर गुरुका रुपमा रहनेछन् भने प्रत्येक प्रतियोगीलाई एकजना कोरियोग्राफरले अभिभावकिय भुमिका निभाउँदै गाइड गर्नेछन् ।

‘सुपर डान्सर नेपाल’ को प्रोडक्सन टिममा भारतकै डान्स प्लस सिजन २ का उपविजेता नेपाली डान्स समुह वाइल्ड रिपर्ज पनि अनुवन्धित छ ।

यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कम्पनीले जनाएको छ । 

फ्रेन्चाइज गाइडलाइन अनुसार ३ जना प्रतिष्ठित व्यक्तित्व सुपर जज प्यानलमा रहनेछन् भने यो शो ३० भाग निर्माण हुनेछ । 

शो लाई आकर्षक बनाउन फ्रेन्चाइज गाइडलाइन अनुसार चाहिने स्टुडियो, उपकरण, लेखन, प्रि प्रोडक्सन , पोष्ट प्रोडक्सन आदिमा कुनै पनि सम्झौता नगरिने कम्पनीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्