
स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । देशभरको ७५३ स्थानीय तहमा भएको निर्वाचनमध्ये आइतवार साँझसम्म ३६ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
त्यसमध्ये कांग्रेसले १० स्थानीय तहमा जित निकालेको छ । नतिजा आएकोमध्ये अहिले कांग्रेस दोस्रो स्थानमा छ भने एमाले १५ स्थानीय तहमा जित निकालेर पहिलो स्थानमा छ ।
गत निर्वाचनमा एमालेले जितेको मुस्ताङको घरपझोङ, गुल्मीको रेसुंगामा यसपटक कांग्रेसले जित निकालेको छ ।
कांग्रेसले मुस्ताङमा नार्पाभूमि र घरपझोङमा जितेको छ भने मनाङको नासोँ गाउँपालिकामा जित निकालेको छ ।
यी हुन् कांग्रेसले जितेका १० स्थानीय तह
१. नार्पाभूमि गाउँपालिका, मनाङ
२. घरपझोङ गाउँपालिका, मुस्ताङ
३. नासोँ गाउँपालिका, मनाङ
४. तमानखोला गाउँपालिका, बागलुङ
५. बडीकेदार गाउँपालिका, डोटी
६. गन्यापधुरा गाउँपालिका, डडेलधुरा
७. गुल्मीदरवार गाउँपालिका, गुल्मी
८. रेसुङ्गा नगरपालिका, गुल्मी
९. खार्पुनाथ गाउँपालिका, हुम्ला
१०. स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरा