०५ साउन २०८३, मंगलबार

दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी

दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी

दैलेखको नौमूले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । 

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी ३ हजार २ सय मतसहित विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले दुई हजार ५४४ मत प्राप्त गरे।

बुढामगर निवर्तमान अध्यक्षसमेत हुन्। नेकपा एमालेका शशिराम विश्वकर्माले एक हजार ९२० मत ल्याए ।

यसैगरी उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का गङ्गबहादुर शाही विजयी भए।

उनलाई दुई हजार ८३४ मत प्राप्त भयो । नेपाली कांग्रेसकी अमृता सिंहले दुई हजार ४०५ र एमालेकी गीता चन्दले एक हजार ९१८ मत प्राप्त गरिन्। 

नौमूलेमा (नेकपा माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को चुनावी गठबन्धन थियो । 

आठ वडा रहेको नौमूले गाउँपालिकामा पाँचवटा नेपाली कांग्रेस, दुई वडा एकीकृत समाजवादी र एउटा मात्रै वडा नेकपा एमालेले जितेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्