
बाराको करैयामाई गाउँपालिकामा जनता समाजवादी पार्टी विजयी भएको छ ।
यस गाउँपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार शम्भुप्रसाद यादव ५ हजार ५९८ मतसहित निर्वाचित भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार भुनेश्वर धामीलाई २,१९८ मतान्तरले पराजित गरे । पराजित भुनेश्वर धामीले ३,४०० मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा ५ हजार ४३९ मतसहित सुनैनाकुमारी चौधरी विजयी भएकी छन् ।
उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चित्ररेखाकुमारी चौधरीले ३ हजार १ सय ७२ मत ल्याएकी छन् ।