
कैलालीको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको भारी मतान्तरले अगाडि बढेका छन् । मंगलबार बिहानसम्म १४ हजार ७३६ मतगणना हुँदा हमालले ६ हजार ५९६ मत ल्याएका छन् । हमाललाई पच्छ्याइरहेका कांग्रेसका नृपबहादुर वडले ३ हजार ३५४ मत मात्र पाएका छन् । एमालेका रणबहादुर चन्दले २ हजार ६७४ मत ल्याएका छन् ।
वड र चन्दकाे संयुक्त मत जाेड्दा पनि हमालकाे मत बढी हुन्छ । वड र चन्दकाे संयुक्त मत ६ हजार २८ मात्र पुगेकाे छ । धनगढीमा ५२ हजार १८१ सय मत खसेकाे थियाे ।
वड सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । उनी धनगढीका निवर्तमान मेयरसमेत हुन् ।