
नेकपा एमालेको गढ मानिदै आएको गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार यदु ज्ञवाली विजयी भएका छन् ।
नेकपा एमालेका हिमाल श्रेष्ठलाई १ हजार २ सय ७७ मतान्तरले पराजित गर्दै ज्ञवाली विजयी भएका हुन् । सोमवार राति सम्पन्न मतगणनामा ज्ञवालीले ५ हजार ८ सय १७ मत प्राप्त गर्दा श्रेष्ठले ४ हजार ५ सय ५० मत प्राप्त गरे ।
उपाध्यक्षमा भने एमालेकी मीना देवी गौतम ५ हजार ४ सय ५१ मतसहित विजय भएकी छिन् । वडा नम्बर ५ बाहेक अन्य वडामा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।
रुरुक्षेत्र एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भोट हालेको क्षेत्र हो । २०७४ सालको चुनावमा एमाले विजयी हुँदा यदु ज्ञवाली पराजित भएका थिए ।