
बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।
अध्यक्षमा एमालेका रामक्षत्री प्रसाद कुर्मी विजयी भएका छन् ।
उनी २ हजार ९१७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका जगत नारायण महतोले २ हजार ४४३ मत, नेपाली कांग्रेसका लालबाबु प्रसाद यादवले २ हजार ४२६ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालका संजु साह कानुले १ हजार ९९६ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेका सुगान्धी देवी कनुइन ३ हजार २३२ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकी सावित्री देवी २ हजार ३८७ मत, नेपाली कांग्रेसकी कुराननेसा खातुन २ हजार १९४ मत र जसपाकी बिन्दुकुमारी देवीले १ हजार ५७३ मत ल्याएका छन् ।