
बाराको करैयामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा जसपाका शम्भुप्रसाद यादव ५ हजार ५९८ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुनेश्वर धामीले ३ हजार ४०० मत, नेकपा एमालेका कृष्णप्रसाद चौधरीले २ हजार १८८ मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि जसपाकी सुनैनाकुमारी चौधरी ५ हजार ४३९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चित्ररेखा कुमारे चौधरीले ३ हजार १७२ मत, नेकपा एमालेकी पार्वती कुमारी थरुनीले २ हजार ३२१ मत ल्याएकी छन् ।