
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेनले १० हजार ३५९ मत पाएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ५५१५ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले ४७९२ मत पाएकी छन् ।