१६ असार २०८३, मंगलबार

८४ प्रतिशत मतगणना सकिँदा शंखरापुरमा २१८ मतले राप्रपाको अग्रता

८४ प्रतिशत मतगणना सकिँदा शंखरापुरमा २१८ मतले राप्रपाको अग्रता

काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा रोचक प्रतिस्पर्धा देखिएको छ । 

कुनै बेला नेकपा एमाले, कुनै बेला नेकपा एसले लिड गरिरहेको शंखरापुरमा अहिले राप्रपाले अग्रता लिएको छ । २ हजार ७१७ मत गणना बाँकी रहँदा राप्रपाका उम्मेदवार २१८ मतसहित अगाडि छन् । 

मंगलवार बिहानसम्म ८४ प्रतिशत मतगणना सम्पन्न हुँदा राप्रपाका रमेश नापित ३ हजार ७०३ मतसहित अगाडि छन् । उनलाई नेकपा एसका लक्ष्मीप्रसाद श्रेष्ठले पछ्याइरहेका छन् । श्रेष्ठ ३ हजार ४८५ भोटसहित दोस्रो स्थानमा रहँदा नेकपा एमालेका कृष्णलाल बजगाइँ ३ हजार १०६ मतसहित तेस्रो स्थानमा छन् । २ हजार ८५ मतसहित माओवादीका मधु केसी तेस्रो स्थानमा छन् । 

उपममेयरमा नेपाली कांग्रेसकी शमिता श्रेष्ठ ५ हजार ५३४ मतसहित अगाडि छिन् । शंखरापुरमा नेकपा एसको मेयर र कांग्रेसको उपमेयर लिएर तालमेल भएको थियो । अन्य दल एक्लाएक्लै छन् ।

शंखरापुर नेकपा एसका अध्यक्ष माधव नेपालको चुनावी क्षेत्र पनि हो । यो नगरपालिकामा बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्