३२ असार २०८३, बिहीबार

सोमालियामा पुनः सैनिक खटाउने निर्णय किन लियो अमेरिकाले ?

जेठ ३, २०७९
सोमालियामा पुनः सैनिक खटाउने निर्णय किन लियो अमेरिकाले ?

अफ्रिकी मुलुक सोमालियामा आफ्ना सैनिक पुनः खटाउने निर्णय अमेरिकाको बाइडन प्रशासनले गरेको छ । 

ट्रम्प प्रशासनले गरेको निर्णय उल्ट्याउँदै अमेरिकाले सैनिक तैनाथी गर्ने भएपछि त्यसको सान्दर्भिकताका विषयमा प्रश्न उठेको छ । 

अफ्रिका हेर्ने अमेरिकी सेनाको इकाइ अफ्रिकमले गत १३ वर्षमा २२८ पटक सोमालियामा हवाई आक्रमण गरिसकेको छ । आफ्ना सैनिकहरूलाई विदेशमा भएका द्वन्द्वभूमिमा नपठाउने नीति अमेरिकाले क्रमशः कार्यान्वयन गरिरहेको सन्दर्भमा त्यसविपरीत सोमालियामा गरिएको तैनाथीले चीनसँगको महाशक्ति प्रतिस्पर्धालाई संकेत गरेको देखिन्छ । 

अफ्रिकामा अमेरिकाले आफ्नो प्रभाव थप बढाउन खोजिरहेको अवस्थामा सैन्य तैनाथी पुनः गर्ने निर्णय लिइएको हो । 

सोमालियामा सक्रिय इस्लामिक अतिवादी समूह अल शबाबले हालैका वर्षमा चीनलाई शत्रु घोषणा गरेको भनी अफ्रिकमकै एक कमान्डरले बताएका छन् । 

वीगर इस्लामी जिहादीहरूलाई चीनले दमन गरेको भन्दै उनीहरूसँग एक्यबद्धताको घोषणा समेत अल शबाबले गरेको छ । 

अब शबाबका लडाकूहरूले केन्या र सोमालियामा चिनियाँ नागरिकमाथि आक्रमण गरेका छन् । चीनले सोमालियालाई विकास तथा सैन्य सहायता गरिरहेकाले ऊ शत्रु भएको अब शबाबको ठहर छ । 

त्यसैले सोमालियामा आफ्ना सैनिकहरू पुनः तैनाथ गरेर अमेरिकाले त्यहाँको अस्थिरतालाई कायम गराउन खोजेको हुन सक्ने विश्लेषण चिनियाँहरूले गरेका छन् । सोमालियाको नयाँ सरकारसँग चीनले बनाएको सम्बन्ध बिगार्नका लागि उनीहरूले काम गर्न सक्ने चिनियाँहरूको आकलन छ । 
 

salt training

कमेन्ट गर्नुहोस्