२७ असार २०८३, शनिबार

अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा एमालेका दिनानाथ चौधरी ९८६ मतको अन्तरले निर्वाचित भएका छन् । ४८७४ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका परशुराम चौधरीले ३८८८ मत, नेकपा माओवादी केन्द्रका रघुकुमार सिन्हा थारुले १२७३ मत ल्याएका छन् ।

त्यसै गरी उपाध्यक्षमा नेपाली कांग्रेसकी कल्पनाकुमारी चौधरी ४२१६ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी शैलेन्द्रीकुमारी लेखी (थरुनी) ले ३४५९ र नेकपा माओवादी केन्द्रकी निशाकुमारी चौधरीले १९१० मत ल्याएकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्