
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
मंगलवार दिउँसोसम्म ३ सय निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । धेरै ठाउँमा गणना अन्तिम चरणमा पुगेको छ ।
मंगलवार दिउँसो २ बजेसम्म नेपाली कांग्रेस १ सय ३१ क्षेत्रमा जीत हासिल गर्दै अग्रस्थानमा छ । मतगणना चलिरहेको कांग्रेस १ सय ७५ ठाउँमा कांग्रेस अगाडि छ ।
८८ स्थानीय तह जितेर नेकपा एमाले दोस्रो स्थानमा छ । १०० स्थानमा एमाले अगाडि छ । माओवादी केन्द्र ६३ ठाउँमा विजयी भएको छ । अन्य ६४ ठाउँमा माओवादीको अग्रता छ ।
अहिलेसम्म नेकपा एसले ४, जसपाले ३ र राष्ट्रिय जनमोर्चाले दुई क्षेत्रमा पालिका प्रमुख जितेका छन् नेमकिपाले १ स्थान र स्वतन्त्रले ५ वटा स्थानीय तहमा जीत हात पारेका छन् ।
मत परिणामको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।