२३ असार २०८३, मंगलबार
स्थानीय चुनाव

चौतारा नगरपालिकाको मेयरमा माओवादीका सापकोटा निर्वाचित, उपमेयर एकीकृत समाजवादीलाई

चौतारा नगरपालिकाको मेयरमा माओवादीका सापकोटा निर्वाचित, उपमेयर एकीकृत समाजवादीलाई

चौतारा साँगाचोकगढी नगरपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार कृष्णप्रसाद सापकोटा विजयी भएका छन् । 

सापकोटाले नेकपा एमालेका इन्द्रबहादुर नेपाललाई ४ हजार २८७ मतले पराजित गरेका हुन् ।

सापकोटाले ११ हजार ७२ मत ल्याएर विजयी भए भने एमालेका नेपालले ६ हजार ७८५ मत मात्रै पाए । 

चौताराको उपप्रमुखमा एकीकृत समाजवादीकी सीता थापाले जित हासिल गरेकी छिन् । उनले एमालेको बालकुमारी सापकोटालाई २ हजार ८४९ मतले पराजित गरेकी छिन् । 

थापाले ९ हजार ७२६ मत ल्याएकी थिइन भने सापकोटाले ६ हजार ८७७ मत पाएकी थिइन । 

चौतारा साँगाचोकगढीमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेको थियो । 

अघिल्लो चुनावमा निर्वाचित माओवादी केन्द्रका अमानसिंह तमाङलाई एमालेमा ल्याएर कांग्रेस एमालेको चुनावी गठबन्धन बनाउने प्रयासमा चौतारामा भएको थियो । तर, अन्तिम समयमा उक्त प्रयास फेल भएपछि कांग्रेस र एमालेले एक्लाएक्लै उम्मेदवारी दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्