
झण्डै ९ महिनापछि नेकपा एमालेले प्रतिनिधि सभाको अवरोध खोलेको छ ।
माधव नेपाललगायत १४ सांसदमाथिको कारबाही माग गर्दै एमालेले गत वर्षको भदौ २३ गतेदेखि प्रतिनिधि सभामा अवरोध गर्दै आएको थियो ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुक फरक कोर्षमा गएकोले सदन अवरोध खुलाउने बताएका हुन् ।
एमाले नेता ज्ञवालीले देशको अर्थतन्त्रबारे सदनमा गम्भीर छलफल होस् भन्नका लागि पनि सदनको अवरोध खुलाउन तयार भएको बताए ।
प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्री-बजेट पेश गर्ने कार्यसूची छ ।