
वैतडीको डिलासैनी गाँउपालिकाको अध्यक्षमा राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
पुतली चुनाव चिन्ह लिएर चुनावमा गएका स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशीले ३१ सय ८१ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा माओवादीका लोकेन्द्रबहादुर रानाले २६ सय ५१ मत पाएका छन् ।
गाँउपालिका अध्यक्षसहित स्वतन्त्र उम्मेदवारले नै थप ३ वटा वडामा पनि विजय हासिल गरेका छन् ।
७ वटा वडा रहेको यो स्थानीय तहको वडा नम्बर ४, ५ र ७ मा पुतली चिन्हका स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
१ नम्बर ६ नम्बर वडा अध्यक्षमा कांग्रेसले जितेको छ भने २ र ३ नम्बर वडामा भने एमालेले जितेको छ ।
यस अघि २०७४ को स्थानीय तह जितेको एमाले भने अहिले २ वटा वडाको वडाध्यक्षमा मात्रै सीमित भएको छ ।
यो गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका भगीरथ बोहराले जितेका छन् ।उनले ३८ सय ७३ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लिलावती जोशीले २७ सय ७९ मत पाएका छन् ।